काठमाडौं- सानिमा बैंक लिमिटेडले उदयपुरगढीको गढीमा शाखा सञ्चालनमा ल्याएको छ।
गढी शाखाको उद्घाटन मङ्गलबार उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी र प्रदेश १ का प्रदेश प्रमुख विशाल दहालले संयुक्त रुपमा गरे।
समारोहमा बोल्दै उदयपुरगढी गाउँपालिका अध्यक्ष केप्छाकीले ग्रामीण क्षेत्रमा सानिमा बैंकले शाखा सञ्चालनमा ल्याएसँगै सो क्षेत्रका स्थानीय बासिन्दाको बैंकिङ तथा वित्तीय आवश्यकता पूरा गर्न सदरमुकाम पुग्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
यसैगरी प्रदेश १ का प्रदेश प्रमुख विशाल दहालले ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातवटै प्रदेशमा गरी ११७ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।