काठमाडौं- नबिल बैंकले आफ्ना सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।
आज बसेको बैंकको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट ३३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश गरी कूल ३८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नबिलले घोषणा गरेको लाभांश वाणिज्य बैंकहरुमध्येकै सबैभन्दा बढी हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपश्चात् वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।