काठमाडौं- सोमबार दोहोरो अंकले घटेको सेयरबजारमा पुन: सुधार आएको छ। आज (मङ्गलबार) पुँजीबजार मापक परिसूचक 'नेप्से' २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा उक्लिएको छ।
गत साताबाट लगातार उच्च अंकले बढ्दै आएको नेप्से सोमबार १७.७५ अंकले घटेको थियो।
नेप्सेमा आज छ अर्ब सात करोड ३७ लाख १६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३० वटा कम्पनीका ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ५९ हजार ८८१ पटक किनबेच भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८४ अंकले बढेर ५३१.४२ विन्दुमा उक्लिएको छ।
आज साहस ऊर्जा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९९ प्रतिशतका दरले कमाएका छन्। विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै २.९५ प्रतिशतका दरले गुमाएका छन्।
आज महालक्ष्मी विकास बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ४६ करोड ९७ लाख २३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै छ लाख ५१ हजार ९७६ कित्ता दुई हजार ५०९ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज बैंकिङ, व्यापार र इन्भेस्टमेण्टबाहेक सबै उपसमूहको परिसूचक उकालो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।