काठमाडौं– मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। केही समयअघि मात्र आईपीओ निष्कासन गरेको लघुवित्तले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो।
सोमबार सम्पन्न लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल १२ करोड ११ लाख ५० हजार रुपैयाँ रहेको लघुवित्तको चुक्ता पूँजी बोनस शेयर वितरणपश्चात् १४ करोड १७ लाख ४५ हजार ५०० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।