काठमाडौं– हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनी सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र करका लागि ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।