काठमाडौं– समता घरेलु लघुवित्त वित्तीय संस्थाले २५ पय्रतिशत लाभांश प्रस्ताव गरेको छ। लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।
लघुवित्त सञ्चालक समितिको आइतबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको अनुमति तथा कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
कम्पनी साविकको समता लघुवित्त र घरेलु लघुवित्त वित्तीय संस्थाबीच एकीकरण भई २०७८ बैशाख २ गते देखि एकिकृत कारोबार सुरु गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।