धनगढी- नेपाल-भारत मैत्री संघ केन्द्रीय कार्यालयले कञ्चनपुरका बाढी पीडितलाई राहत प्रदान गरेको छ।
गत असोज ३१ गते देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाले प्रभावित भएका १७४ परिवारलाई राहत प्रदान गरेको नेपाल-भारत मैत्री संघका उपाध्यक्ष हरि शंकर ठाकुरले बताए।
उनका अनुसार बाढीले क्षति गरेको बेला प्रतिघर २५ केजी चामल, २ केजी दाल, नुन र तेल सहयोग गरिएको जनाएको छ। बाढी प्रभावित हरुलाई राहत वितरणको लागि केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झा, केन्द्रीय वरिष्ठ उपाध्यक्ष तुलबहादुर साउद, केन्द्रीय उपाध्यक्ष हरि शंकर ठाकुर, महासंघका सचिव बोधकृष्ण सुवेदी केन्द्रीय सदस्य जागृति बोगटी र कञ्चनपुर शाखाका अध्यक्ष दुर्गा बोहराको उपस्थिति रहेको थियो।
संघले भोलि नै बाढी प्रभावित क्षेत्र टीकापुर, बर्दिया र गुलरियामा समेत राहत वितरणको कार्यक्रम रहेको संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।