काठमाडौं- लक्ष्मी बैंकले संखुवासभाको खाँदबारी नगरपालिका वडा-१ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
खाँदबारीको सजक टोलमा रहेको यो शाखा बैंकको १३८औं शाखा हो। उक्त शाखामार्फत् बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ।
यस नयाँ शाखाको सुरुआतसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १३८ शाखा, सात एक्स्टेन्सन काउन्टर र पाँच हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेण्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।