काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट ११.९० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
समितिले हाल कायम चुक्ता पूँजीको १०.९३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।