काठमाडौं- सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी सेवा सुरु गरेको छ। तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आज एक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले सुरु गरेका हुन्।
उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत् तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्ने छन्। ग्राहकहरुको सहजताका लागि बैंकले बजार परिसरमा नि:शुल्क वाइफाइकोसमेत व्यवस्था गरेको छ। ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर पेमेन्ट सुविधा लिनसक्ने बैंकले जनाएको छ।
नगद तथा कार्ड प्रयोगको विकल्पमा क्यूआर कोड भुक्तानी अझै छिटो, झण्झटमुक्त हुनुका साथै कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो समय उपभोक्ताहरु यो नवीन सेवातर्फ आकर्षित भइरहेका छन्। डिजिटल कारोबारलाई प्रश्रय दिन र 'क्यासलेस' (नगदरहित) कारोबारलाई बढावा दिनका लागि क्यूआर कोड भुक्तानी सेवा प्रभावकारी ढङ्गले अगाडि बढाइरहेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।