काठमाडौं– मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले १८.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९२५ प्रतिशत नगद लाभांश रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।
हाल ४ अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी प्रस्तावित बोनस वितरणपछि ५ अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।