काठमाडौं– एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको हालै सम्पन्न बैठकले सेयरधनीलाई १५.८ प्रतिशत लाभांश घोषणा गरेको हो। बैंकले हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र ३.३ प्रतिशत नगद लाभांश गरी उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि गरिनेछ।
हाल १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ ६६ पैसा रहेको बैंकको चुक्ता प्रस्तावित बोनस सेयर वितरणपश्चात् पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।