काठमाडौं– साताको पहिलो कारोबार दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक बढेको छ। अघिल्लो कारोबार दिन बिहीबार बन्द भएको बिन्दुभन्दा आज नेप्से करिब ४ अंक बढेको हो।
गत बिहीबार १२.९८ अंक बढेर २७८२.११ विन्दुमा पुगेको नेप्से आजको उक्त सेसनमा ३.८३ अंक बढेर २७८५.९५ विन्दुमा पुगेको छ। आजको प्रिओपनमा सेन्सेटिभ इण्डेक्ससमेत १.६८ अंक बढेको छ।
आइतबार प्रि ओपन सेसनमा २९ कम्पनीको कारोबार भएकोमा १८ कम्पनीको सेयरमूल्य बढेको छ। सो सेसनमा ५ कम्पनीको सेयरमूल्य घटेको छ भने ६ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
सो सेसनमा आज ९५ लाख ५१ हजार ६८३ रुपैयाँ ८० पैसा बराबरको १८ हजार ९२ कित्ता सेयर विकनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।