काठमाडौं– साधना लघुवित्त वित्तीय संस्थाको लाभांश पारित भएको छ । कम्पनीको शनिबार सम्पन्न साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि १.३२ प्रतिशत नगद लाभांश पारित गरेको हो।
लघुवित्त सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा सम्पन्न सभाले संस्थापक समूहबाट आगामी चार वर्षे कार्यकालका लागि कृष्णबहादुर थापा, डा.नरहरि ढकाल, रमेश सापकोटा र अर्जुनकुमार सिंहलाई सञ्चालकमा निर्बिरोध निर्वाचित गरेको छ।
साथै सभाले आर्थिक वर्ष २०७८/७९ को बाह्य लेखा परिक्षण कार्यका लागि लेखापरिक्षक एसडी एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ। त्यसैगरी सभाले भबिष्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति/सहमतिसम्बन्धी कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावसमेत पारित गरेको छ।
शनिबारै सभापश्चात बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा कृष्णबहादुर थापालाई चयन गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।