काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालका लागि दश बुँदे गरिएको दोहोर्याएका छन्।
शनिबार सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै ओलीले तर नेपालले दश बुँदेलाई नमानेको बताएका छन्।
'उनका लागि एउटा स्वागत गेट बनाइयो। एउटा महल बनाइयो। आराम गरेर बसाउने सोफाहरु बनाइयो', उनले भने, 'तपाईंहरुले सुन्नुभयो होला नि, दश बुँदे, जेठ २। सुन्नुभयो नि होइन? यी गेट, महल सबै माधव नेपालका लागि बनेका थिए, वास्तवमा। माधव नेपाललाई जान नदिन, आउनका लागि। गेट बनाएपछि फर्किन्छन् कि। फर्किने ठाउँ चाहियो भन्छन्, लौ न त ठाउँ भनेर दश बुँदे, जेठ २ केके सबै गर्याैं हामीले।'
माधव नेपालले दश बुँदे मान्दिनँ भने पनि आफूहरुले त्यो आफूहरुको मात्रै सम्पत्तिको रुपमा लिएको ओलीको भनाइ छ। 'हाम्रो मात्रै सम्पत्ति हो यो। हाम्रो मात्रै प्रतिबद्धता हो। दश बुँदेको कार्यान्वयन गर्छौं। रचनात्मक र सिर्जनात्मक ढंगले कार्यान्वयन गर्छौं। र, अगाडि बढ्छौं', उनले भने।
उनले मुख्य उद्देश्य पार्टी एकता भएको र एकताका लागि जेठ २ मा पनि आवश्यकता अनुसार फर्किने बताए। 'जडसूत्रवादी ढंगले होइन। रचनात्मक ढंगले। जरुरी छ भने फर्किन्छौं, जरुरी छैन फर्किँदैनौं। मुख्य कुराचाहिँ पार्टी एकता हो। यो सबै हामीले पार्टी एकताको लागि गर्याैं। पार्टी एकताका लागि जेजे गर्नुपर्छ, गर्ने', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।