काठमाडौं- नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतभित्र देखिएको विवाद त्यहीँबाट सम्बोधन हुनुपर्ने बताएका छन्।
शनिबार एमाले संसदीय दलको बैठकमा बोल्दै नेम्वाङले यस्तो बताएका हुन्। ‘न्यायपालिकामा जे भइरहेको छ दुःखद् कुरा हो। अब अहिले हुँदा हुँदा वकिल साथीहरु कुटाकुट गर्न थाल्नुभएको छ। यो दुःखद् भइरहेको छ,’ उनले भने, ‘यसलाई सर्वोच्च अदालतले सम्बोधन गर्नुपर्छ। हामी कानुनको शासन मान्छौं।
सर्वोच्च अदालतको निर्णय आफूहरूका लागि मान्य हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।