काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन मजबुत रहेको बताएका छन्।
शनिबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले गठबन्धन काँचो धागोले बाँधेको जस्तो नभएको बताए। उनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा गठबन्धनमा कुनै छलफल नभएको बताए।
प्रदेश १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताउँदै अध्यक्ष नेपालले प्रदेश १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने बताए।
उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए।
अध्यक्ष नेपालले एकीकृत समाजवादीमा देशभर जनलहर देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।