फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेको संसदीय दलको बैठक बस्दैछ।
शनिबार बिहान साढे ११ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक बस्न लागेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
'अधिवेशन सुरु हुनुअघि र अन्त्य भएपछि संसदीय दलको बैठक बस्ने परम्परा अनुसार बैठक बस्न लागेको हो' भट्टराईले भने।
संसद अधिवेशन अन्त्य भएसँगै सांसदहरुलाई जिल्ला जान एमालेले बैठकमा निर्देशन दिने बताइएको छ।
संघीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातबाट अन्त्य भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।