काठमाडौं- नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिले विभिन्न १२ वटा समिति बनाएको छ।
रामबहादुर थापा 'बादल'को संयोजकत्वमा शुक्रबार च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकले प्रतिनिधि व्यवस्थापन, प्रचारप्रसार, अतिथि सत्कारलगायत १२ वटा समिति गठन गरेको हो।
एमालेको १०औं महाधिवेशन मंसिर १०-१२ गतेसम्म चितवनमा हुने तय भएको छ। महाधिवेशनका लागि १ हजार ९९९ जना प्रतिनिधि रहने पनि शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्णय गरेको छ।
कसको नेतृत्वमा कुन समिति ?
प्रतिनिधि व्यवस्थापन- विष्णु पौडेल
जनपरिचालन- सुरेन्द्र पाण्डे
प्रचारप्रसार- योगेश भट्टराई
स्वास्थ्य- भानुभक्त ढकाल
आर्थिक- विष्णु रिमाल
मञ्च व्यवस्थापन- शेरबहादुर तामाङ
अतिथि सत्कार- राजन भट्टराई
आवास व्यवस्थापन- कृष्णभक्त पोखरेल
स्वयमसेवक परिचालन- विनोद श्रेष्ठ
यातायात व्यवस्थापन- काशीनाथ अधिकारी
खाद्य व्यवस्थापन- कपिल पोखरेल/पार्वती रावल
मुल व्यवस्थापन समिति- बादल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।