काठमाडौं– लोकप्रिय गायिका तथा नेतृ कोमल वली संघको निर्वाचनमा प्रत्यक्ष उम्मेदवार सिफारिस भएकी छिन् । दाङ क्षेत्र नं ३ बाट उनी ५ नम्बर प्रदेश सभाको सदस्यका लागि नेकपा एमालेबाट सिफारिस भएकी हुन् ।
नेकपा एमाले दाङ क्षेत्र नम्बर ३को तुलसीपुर पार्टी कार्यालयमा उम्मेदवार सिफारिस सम्बन्धमा मंगलबार बसेको बैठकले संघमा प्रत्यक्षतर्फ वलीलाई पनि सिफारिस गरेको हो। सोही क्षेत्रबाट प्रत्यक्षका लागि युवाराज ज्ञवाली र हिरा केसी पनि सिफारिस भएका छन्।
केही समयअघि लोकप्रिय मतसहित राप्रपाको केन्द्रीय सदस्यमा निर्वाचित उनी केही दिनअघि मात्रै एमाले प्रवेश गरेकी थिइन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।