• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा

के हामी बाँच्नका लागि मान्छेको मासु खानुपर्ने यथार्थको नजिक छौँ?

64x64
युवराज भट्टराई शनिबार, कात्तिक १३, २०७८  १६:२५
1140x725

आफ्नो निबन्ध ‘द टाइम फ्याक्टर’मा अमेरिकी महिलावादी लेखक ग्लोरिया स्टेइनेमले वर्गको आधारमा मान्छेले बनाउने योजनाको विश्लेषण गरेकी छिन्। समाजमा आर्थिक वा सामाजिक आधारमा उच्चदेखि निम्न वर्गका मानिसले बनाउने योजना कति फरक हुन्छ भन्ने विषय उनले निबन्धमा देखाएकी छिन्। 

निम्न वर्गले बेलुका वा दिउँसोको योजना बिहान बनाउँछ। मध्यम वर्गले केही दिनअघिसम्मको योजना बनाउँछ। र उच्च वर्गका मानिसले वर्षौंसम्मलाई योजना बनाउन सक्छन्।

ग्लोरियाको निबन्धमा जस्तै वर्गीय असमानतालाई ‘द प्लेटफर्म’ सिनेमामा देखाइएको छ। भिडियो स्ट्रिमिङ साइट नेटफिल्क्सका लागि स्पेनिस निर्देशक गाल्डेर गज्टेलु उर्रुटियाले बनाएको फिल्ममा वर्गीय संघर्षको यथार्थलाई प्रस्तुत गरिएको छ। फिल्म सन् २०१९ मा सार्वजनिक भएको हो।

द प्लेटफर्म साम्यवादी विचारको प्रचारका लागि बनाइएको फिल्मजस्तो लाग्छ। यो फिल्म सम्पत्तिको समान वितरणको दर्शनमा आधारित छ। बहुतले घरमा अवस्थित ‘भर्टिकल सेल्फ म्यानेजमेन्ट सेन्टर’ नामक सुधार केन्द्रमा सजाय काटिरहेका वा आफ्नै इच्छाले केही पाउन वा कुनै लत छाड्न आएका मानिसहरुको कथा फिल्ममा छ। 

एउटै व्यक्तिले आवश्यकताभन्दा धेरै सम्पत्ति आर्जन गर्दा समाजमा असमानता जन्मन्छ। सुधार केन्द्रको सबैभन्दा माथिल्लो तलामा भएको भान्साबाट खाना तल पठाइन्छ। माथिल्लो तलामा रहेकाहरुले आवश्यकभन्दा धेरै खाना खाँदा तल्लो तलाका मानिस भोकै हुन्छन्। त्यसैले उपभोग्य वस्तुको समान वितरण हुनुपर्ने विषय दर्शकलाई घत पर्ने गरी फिल्ममा देखाइएको छ।

‘तिमी कम्युनिष्ट हौ?’
द प्लेटफर्ममा तल्लोदेखि माथिल्लो तलासम्ममा ठडिँदै गएका ३३३ वटा जेलजस्ता कोठामा ६६६ मानिसको कथालाई देखाइएको छ। हरेक कोठामा दुई जना राखिएको छ। कोठामा सानो झ्याल, एउटा धारा, एउटा खुला शौचालय र दुई वटा बेड छन्। हरेक कोठाहरुलाई नम्बर दिइएको छ। कोठाको बीचमा खाली ठाउँ हुन्छ, जहाँबाट खानाको वितरण गरिन्छ।

फिल्मको मूल पात्र गोरेङ (इभान मासागुइ अभिनित) चुरोट खाने लत छुटाउन यहाँ आएका हुन्छन्। तर, अधिकांश मानिस भने सजाय काटिरहेका छन्।

गोरेङ सुरुवातमा ४८ नम्बरको कोठामा हुन्छ। उसँगै कोठामा भएको ट्रिमागासी (जोरियन इगुइलियोर अभिनित) उभन्दा केही महिनाअघि आएको हुन्छ। आफ्नो कोठाबाट टेलिभिजन सेट बाहिर फ्याँक्दा त्यसले लागेर मानिसको मृत्यु भएपछि एक वर्षका लागि ऊ यहाँ आएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

ट्रिमागासीसँग एउटै कोठामा बसेको गोरेङले खाना वितरणलाई लिएर सुरुवातमै प्रश्न उठाउँछ। एउटै ठाउँबाट वितरण भइरहेको खाना सबैलाई पुग्ने मात्रामा हुन्छ। तर, माथिल्लो तलामा भएका मानिसले बाँच्नका लागि आवश्यकभन्दा धेरै खाना खाने र लठिबज्र किसिमले चलाउने भएकाले तल्ला तलाका मानिस भोकै हुन जान्छन्। खाना कतिसम्म अभाव हुन्छ भने ट्रामागासी तल्लो तलामा हुँदा आफूलाई जिउँदो राख्न मान्छेको मासु खान्छ। उसले कोठामा सँगै भएको साथीको मासु खाएको हुन्छ। 

अहिले ४८औं तलामा रहेका उनीहरुका लागि आइपुग्ने खाना छताछुल्ला भइसकेको हुन्छ। ट्रामागासी आफ्नो तलामा आइपुगेको खाना खानका लागि झम्टिन्छ। तर, गोरेङ खानाको हालत देखेर खान सक्दैन। केही दिनसम्म भोकै बस्छ।

सबैभन्दा माथि रहेको शून्य नम्बरको तलाबाट खाना पठाइएपछि अन्तिम तलासम्म पुग्नुभन्दा धेरै अगावै सकिइसक्छ। गोरेङले ट्रामागासीलाई सबैभन्दा माथिल्लो तलामा रहेकालाई खानाको समान वितरणको माग राख्नुपर्ने बताउँछ। हरेक तलामा रहेका मानिसले आफूलाई आवश्यक खाना मात्र खाए कसैले पनि भोकै बस्नु नपर्ने गोरेङको सोच छ। तर, ट्रामागासी त्यो सुनेर उसलाई ‘तिमी कम्युनिष्ट हौ?’ भन्छ।

उक्त सुधार केन्द्रभित्र भएका मानिसका लागि खाना बनाउन सेफहरु छन्। खानामा सानोभन्दा सानो कपाल भेटिँदासमेत प्रशासन प्रमुखले सेफसँग स्पष्टिकरण माग्छ। तर, त्यहाँभित्रको अवस्थाबारे भने प्रशासन अज्ञात छ। 

Xtrem

Xtrem

गोरेङ आफूले पहिलो महिना ४८ नम्बरको कोठामा हुँदा माथिल्लो र तल्लो तलाका मानिससँग कुरा गर्ने सोच्छ। तर, माथिल्लो तलामा बस्नेहरु तल्लो तलाका मानिससँग बोल्दैनन्, किनकि उनीहरु माथि भएकाले तल्लो तलाका सँग बोल्नु हुँदैन।

ट्रिमागासीका अनुसार सुधार केन्द्रमा तीन किसिमका मानिस छन्। पहिलो, माथि हुने। दोस्रो तल हुने। र तेस्रो मृत्यु भएका। मृत्युको मुख्य कारण खान नपाउनु नै हो। कतिपयलाई सँगै कोठामा बसेका साथीले धकेलेर तल खसाइदिएर पनि मरेका छन्। 

फिल्ममा हरेक तलामा रहेका मानिसहरुको अवस्थाको अर्थ समाजका फरक वर्गका मानिस छन्। माथिल्लो तलामा भएकाहरु उच्च वर्गका हुन्। उनीहरु चाहेजस्तो किसिमको र किसिमले खान पाउँछन्। तल्लो तलामा बस्नेहरु माथिल्लो तलाका मानिसले फ्याँकेको खाना खान्छन्। ती समाजका मध्यम र तल्लो वर्गका मानिसको प्रतिनिधित्व गर्छन्।

समान सम्पत्तिको वकालत
गोरेङ र ट्रमागासी ४८औँ तलाबाट दोस्रो महिना १७१औं तलामा पुग्छन्। त्यो बीचतिरको तला हो, जहाँ खाना आइपुग्दैन।

गोरेङ आउनुअघि ट्रामागासी पहिला अझ तलको तलामा बसेको हुन्छ, जहाँ उसले साथीकै मासु खाएर ज्यान बचाएको हुन्छ। यसपटक पनि बाँच्नका लागि ऊ त्यही उपाय अपनाउँछ। उसले गोरेङलाई बाँधेर राखेको हुन्छ। सातौं दिनसम्म त भोक खपेर बस्छ। आठौं दिन चक्कुले गोरेङको पिँडुलाको मासु काटेर खान सुरु गर्छ। त्यही बेला सुधार केन्द्रमा आफ्नो छोरा खोज्दै हिँड्ने महिला मिहारु (एलेक्जेन्डा मासाङके अभिनित)ले ट्रामागासीलाई मारेर गोरेङलाई बचाउँछिन्। गोरेङ त्यो महिना ट्रामागासीको मासु खाएर बाँच्छ।

तेस्रो महिना ३३ नम्बरको कोठामा पुगेको गोरेङसँगै कोठामा बस्न इमोगुइरी (एन्टोनिया सान युआन अभिनित) आइपुग्छिन्। त्यहाँ आउनुअघि उनले सुधार केन्द्रको प्रशासनमा काम गरेकी हुन्छिन्। गोरेङ यहाँ आउनुअघि उनैले अन्तर्वार्ता लिएकी हुन्छिन्।

इमोगुइरी आएपछि खानाको वितरण र यसको अवस्थालाई देखेर चकित हुन्छिन्। उनी हरेक तलामा रहेका मानिसहरुले बाँच्न पाउनुपर्ने मत राख्छिन्। खानाको समान वितरण हुनुपर्ने भन्दै उनी आफ्नो तलामा आइपुगेको खानाबाट आफूलाई आवश्यक मात्रै लिन्छिन्। तल्लो तलाका लागि दुई वटा प्लेटमा खाना तयार गरिदिन्छन्। 

तर, तल्लो तलाका मानिसहरु उनको कुरा सुन्दैनन्। खाना जथाभावी खान्छन् र त्यसमा फोहोर पनि गर्छन्। इमोगुइरी आफ्नो पटकपटकको प्रयासमा असफल हुन्छिन्। त्यहाँ आउँदा सुरुमा गोरेङको सोच पनि त्यस्तै हुन्छ। अब ऊ इमोइगुरीलाई साथ दिन हिंसात्मक उपाय अपनाउँछ। आफूभन्दा तल्लो तलाका मानिसलाई इमोगुइरीले तयार गरिदिएको मात्रै खान र त्यसो नगरेमा खानामा दिशा गरिदिने धम्की दिन्छ। उसको धम्कीले काम गर्छ।

उनीहरु अर्को महिना निकै तल्लो तलामा पुग्छन्। उनीहरु २०२औँ तलामा पुगेकै दिन इमोगुइरीले झुण्डिएर आत्महत्या गर्छिन्, ताकी गोरेङ उसको मासु खाएर त्यो महिना बाँच्न सकोस्। गोरेङ त्यसै गर्छ। 

पाँचौं महिनामा आफूसँगै छैटौँ तलामा बसेको बाहारत (इमिलिओ बैअले अभिनित) सँग मिलेर उसले खानाको समान वितरणका लागि उपाय सोच्छ। उनीहरु खाना आउने प्लेटफर्ममै चढेर हरेक तलामा जान्छन्। हरेक तलामा रहेका मानिसलाई सम्झाउँछन्। नमान्नेको हत्या नै गरिदिन्छन्।

यी दृश्यले साम्यवादी राजनीतिक दर्शनको वकालत गरेका छन्। खानालाई सम्पत्तिको रुपमा देखाइएको छ। समान रुपमा खानाको वितरणका लागि सुरुवातमा सम्झाउने र नसम्झिएमा हिंसात्मक उपाय अपनाएको दृश्यले विश्वका साम्यवादी देशको शासन व्यवस्थाको झल्को दिन्छ।

सुधार केन्द्रमा 'डन किहोटे' उपन्यास
सुधार केन्द्र प्रवेश गर्नुअघि हरेक व्यक्तिले आफूले इच्छाएको कुनै एउटा वस्तु लैजान पाउँछ। गोरेङले अरुको भन्दा फरक वस्तु छान्छ। ऊ चुरोट छाड्न र पढ्ने बानी बसाउन आएको हुन्छ। त्यसैले एउटा पुस्तक लिएर जान्छ। उसले पहिलो आधुनिक उपन्यास मानिने स्पेनिस लेखक मिग्वेल डि सेरभेन्टेस साभेद्राको पुस्तक ‘डन किहोटे’ लैजान्छ।

डन किहोटेमा अल्फन्सो क्युसानोको कथा छ। अनेकौँ रोमान्टिक उपन्यासहरुको अध्ययनपछि उसले यथार्थ र कल्पनाबीचको धर्सोलाई भुलिसकेको हुन्छ। आदर्शवादी सोचसहित ऊ ठूला–ठूला ‘विन्ड मिल’हरुसँग लड्न जान्छ। आफ्नो गाउँको एक किसान सेन्चो पेन्जोलाई उसले आफ्नो सहयोगीको रुपमा नियुक्त गर्छ। आदर्शको पछि लागेर अल्फन्सो कल्पना गरिएका वस्तुहरुसँग युद्ध लड्दै हिँड्छ।

फिल्ममा पनि यो पुस्तकमा जस्तै गोरेङ सुरुवातमा आफ्नो आदर्शको पछि लागेको हुन्छ। पहिलो पटक सेन्टरमा आउँदा उसको आदर्शवादी सोचले आफ्ना माथिल्लो र तल्लो तलाका मानिसहरुलाई सम्झाइ बुझाइ गरेर खाने कुरामा फोहोर नगर्न र आवश्यक मात्रै उपभोग गर्न सम्झाउँछ। तर, त्यो लागू हुँदैन। 

फिल्मकी अर्की पात्र मिहारु पनि डन किहोटेको पुस्तकमा जस्तै आफ्नो छोराको खोजीमा हुन्छिन्। फिल्मको अन्त्यमा एक बालकलाई त देखाइन्छ, तर ऊ मिहारुको छोरा हो वा होइन भन्ने बताइँदैन। मिहारु भने हरेक महिना आफ्नो छोरा भएकोमा विश्वास गर्दै खानासँगै तल्लो तलाहरुको विचरणमा निस्किन्छिन्। 

पुस्तकमा अल्फन्सोको सहयोगी सेन्चो पेन्जोजस्तै फिल्ममा गोरेङको सहयोगी बाहारत आइपुग्छ। एकातिर गोरेङको आदर्शवादी सोचले उसलाई डन किहोटेको मुख्य पात्रको चरित्रजस्तै देखाइदिन्छ भने अर्कातिर बाहारतको यथार्थवादी सोचलाई पुस्तकमा सेन्चो पेन्जोको चरित्रजस्तो बनाइएको छ।

भविष्य हराएको बालक
‘द प्लेटफर्म’ असहज र भयानक दृश्यहरुले भरिएको फिल्म छ। तर, यो अहिलेको हाम्रो समयको कथा हो। समाजमा भएका असमानताहरुलाई सिनेमामा देखाउन प्रयोग गरिएका बिम्ब र दृश्य विभत्स र घिनलाग्दा छन्। के हाम्रो समाज त्यस्तो छैन र? कोरोनाले विश्व आक्रान्त हुँदा आवश्यकभन्दा धेरै खरिद गरेर उत्पन्न गराएको कृत्रिम अभाव होस् वा शक्ति राष्ट्रले गरेको नाकाबन्दीका कारण भएको समस्या, फिल्ममा देखाइएजस्तै असमान वितरण भइरहेकै छ।

फिल्ममा निश्चित अन्त्य छैन। गोरेङ र बाहारत छैटौं तलाको कोठाबाट सबैलाई समान रुपले खानाको वितरण गर्न तल्लो तलासम्म आइपुग्छन्। उनीहरुले एउटा केक लगेका हुन्छन्। त्यसलाई प्रशासनको सन्देश मानिरहेका हुन्छन्। त्यो केक बालकलाई नै खान दिन्छन्। बालकलाई नै प्रशासनका लागि सन्देश ठानिरहेका हुन्छन्। तर, त्यसपछि के हुन्छ भन्ने रहस्य खडा गरिएको छ।

फिल्मलाई खुला रुपमा अन्त्य गरिदिनुले हाम्रो समाजमा रहेको असमानताको प्रतिवादमा उत्रिएकाहरुले जतिसुकै विद्रोह गर्दा पनि अन्त्य नभएको यथार्थलाई प्रस्तुत गर्न खोजेको छ। फिल्ममा समानताका लागि कयौं समयसम्म संघर्ष गरेर अन्तिममा अँध्यारो समयमा नै पुगिने अवस्था देखाइएको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक १३, २०७८  १६:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
रास्वपा पर्साद्वारा विजय सरावगीको सदस्यता खारेज गर्न माग शुक्रबार, असोज २३, २०८३
‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी शुक्रबार, असोज २३, २०८३
एआइजी बंशीराज दाहाल बर्खास्त शुक्रबार, असोज २३, २०८३
‘लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ पुनः पार्टीमा आबद्ध भएँ’ : विद्यादेवी भण्डारी शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
इनाम सापकोटाको बन्दी  निवेदन खारेज हुने सर्वोच्चको फैसला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्