काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदान हुने भएको छ।
शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु चयनका लागि मतदान गर्नुपर्ने अवस्थामा विद्युतीय मेसिन प्रयोग गर्ने निर्णय गरेको हो।
प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार मतदान गर्न प्रयोग हुने विद्युतीय मेसिनको केन्द्रीय कमिटीको बैठकमै परीक्षण तथा डेमो प्रदर्शन गरिएको थियो। परीक्षणपछि उक्त मेसिन मतदानका लागि प्रयोग गर्न सकिने निष्कर्षमा पुगिएको ज्ञवालीले जानकारी दिए।
एमालेको १० औं महाधिवेशन मंसिर १०–१२ गतेसम्म हुने तय भएको छ। महाधिवेशनका लागि १ हजार ९९९ जना प्रतिनिधि रहने पनि शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।