काठमाडौं– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा १ हजार ९९९ जना प्रतिनिधि हुने भएका छन्।
स्थायी कमिटीको बैठकले १ हजार ५३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९९९ जना प्रतिनिधि हुने निर्णय गरेको हो।
केन्द्रीय कमिटी सदस्यहरुले स्थायी कमिटीले प्रस्ताव गरेको महाधिवेशन प्रतिनिधिको संख्या कम भएको भनेपछि बढाएर १ हजार ९९९ पुर्याउने निर्णय भएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
ज्ञवालीका अनुसार बढ्ने प्रतिनिधिहरु भुगोलबाट थपिनेछन्। केही न्यून प्रतिनिधिहरु जनवर्गीय संगठनबाट पनि थपिने ज्ञवालीले बताए।
प्रतिनिधि चयनका लागि सकेसम्म सहमति जुटाउन केन्द्रीय कमिटीले निर्देशन दिएको ज्ञवालीले बताए। सहमति जुट्न नसक्ने अवस्थामा स्वस्थ्य र मर्यादित प्रतिस्पर्धाबाट चयन गर्न भनिएको ज्ञवालीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।