काठमाडौं- प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका नेता झपट रावलले मनलाग्दी तरिकाले पार्टी संगठित सदस्यता विरण गरिएको भन्दै त्यसलाई रोक्न माग गरेका छन्।
नेता रावलले पार्टीको संगठित सदस्यता वितरण विधिसम्मत नभएको भन्दै रोक्न माग गरेका हुन्। रावलले पार्टीको संगठित सदस्यता जथाभावी वितरण गरिएको र त्यसले पार्टी गुटबन्दीलाई संस्थागत गरेकाले यसलाई रोक्नु पर्ने उल्लेख गरेका छन्।
१० बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरेसँगै आफू पूर्ववत् रुपमा कैलालीको इञ्चार्ज रहेको भन्दै उनले कैलाली जिल्ला कमिटीको कुनै पनि बैठक नबसेपनि ठूलो संख्यामा सदस्यता विरण भएको उल्लेख गरेका छन्।
'विधि र प्रकृया विपरित कुनै विवरण सम्बन्धित कमिटीमा पेश नगरी सदस्यता शु:ल्क, नविकरण शु:ल्क नतिरी ठूलो संख्यामा पार्टी सदस्याता वितरण गरी पार्टीमा गुटबन्दी संस्थागत गर्ने जस्ता क्रियाकलाप देखिन आएकाले त्यस्ता क्रियाकलाप रोकी पार्टीमा अनियमित कार्य रोक्न आग्रह गर्दछु' बिहीबार संगठन विभाग प्रमुखलाई सम्बोधन गर्दै रावलले लेखेको पत्रमा उल्लेख गरिएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।