काठमाडौं- उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
लघुवित्तको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारण सभाले पारित गरेपश्चात् सेयरधनीले पाउने छन्।
उक्त लघुवित्तको हाल १७ करोड ६१ लाख ६९ हजार चुक्ता पुँजी रहेको छ। जसअनुसार ३२ प्रतिशतका दरले पाँच करोड ६३ लाख ७४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ। लाभांश वितरणपछि लघुवित्तको चुक्ता पुँजी २३ करोड २५ लाख ४४ हजार रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।