काठमाडौं- संघीय संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य हुने भएको छ।
संघीय संसद्का महासचिव भरतराज गौतमले शुक्रबार विज्ञप्ति जारी गरी दुवै सदनको अधिवेशन आज मध्यराति १२:०० बजेबाट अन्त्य हुने जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसबमोजिम प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैको अधिवेशन अन्त्य गरिएको विज्ञप्तिमा उल्लेख छ।
सरकारले बिहीबार संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष संसद् अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।