काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक जारी छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजेदेखि बैठक सुरु भएको हो।
केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णय अनुमोदन गर्ने प्रमुख अजेण्डा रहेको छ।
यसअघि बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले पार्टीको आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको थियो।
साथै, बैठकमा हाले सम्पन्न वडा तथा पालिका अधिवेशनका विषयमासमेत छलफल हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।