काठमाडौं– एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो।
बैंकले बोनस सेयर र नगद लाभांशसमेत गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ४.३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
हाल ८ अर्ब ८९ करोड रुपैयाँ रहेको बैंकको चुक्तापुँजी प्रस्तावित बोनस सेयर वितरणपछि ९ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ पुग्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।