काठमाडौं– एनएमबी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कुल २२ दशमलव ६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको बिहीबार सम्पन्न बैठकले हाल कायम चुक्तापूँजीका आधारमा २१ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।