काठमाडौं– राजीनामा दिनुपर्ने भन्दै चौतर्फी घेराबन्दीमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन्।
बुधबार र बिहीबार आफ्नो एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज भने आफ्नो एकल इजलास तोकेका छैनन्। उनले आज आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका छन्। उक्त इजलासमा उनले ३० वटा पेसी राखेका छन्।
त्यस्तै दीपककुमार कार्की र प्रकाशमानसिंह राउतको इजलासमा २४, मीरा खड्का र सुष्मालता माथेमाको इजलासमा २४, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा १९, आनन्दमोहन भट्टराईको एकल इजलासमा १६, वमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा २४, टंकबहादुर मोक्तान र हरिप्रसाद फुयालको इजलासमा २६, प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा १७ वटा पेसी तोकका हुन्। ८ वटा इजलासमा प्रधानन्यायाधीशले १७२ वटा मुद्दाको पेसी तोकेका हुन्।
गत आइतबार मध्याह्नदेखि सर्वोच्च अदालतमा इजलास तोकिए पनि सुनुवाइ अघि बढन सकेको छैन। अदालतकै न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आइरहेका छन्। आज तोकिएका इजलासमा न्यायाधीश बस्न वा नबस्ने अहिलेसम्म टुंगो लागेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।