काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल यतिबेला सुदूरपश्चिमस्थित खप्तडको भ्रमणमा रहेका छन्।
सर्वोच्च अदालतमा विवाद चलिरहँदा उनीहरु 'हाइकिङ'का लागि खप्तड पुगेका हुन्। गत आइतबार न्यायाधीशद्वय सिन्हा र मल्ल परिवारसहित त्यहाँ पुगेका हुन्।
अहिले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र अन्य न्यायाधीशहरुबीच विवाद चलिरहेको छ।

सर्वोच्चमा विवाद चलिरहेको बेलामा खप्तड किन जानु भएको भन्ने प्रश्नमा न्यायाधीश मल्लले पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आफूहरु आएको नेपाल लाइभसँग प्रतिक्रिया दिइन्।
उनीहरु आइतबार काठमाडौं फर्कने तयारीमा छन्।








नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।