• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

‘सपना श्रीमान्’को हाइकिङ लत

64x64
नेपाल लाइभ बिहीबार, असोज २८, २०७८  १५:४५
1140x725

काठमाडौं- भेटका लागि पुग्दा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल आफ्नो च्याम्बरमा फैसला लेखनमा व्यस्त थिइन्। सर्वोच्च अदालतको नवौं न्यायाधीशको मर्यादाक्रममा रहेकी मल्ल भावी प्रधानन्यायाधीश हुन्। मल्लले कुराकानी सुरु गर्नुअघि केही फैसला लेखनको अंश सक्ने हतारो देखाउँदै कुर्न अनुरोध गरिन्। देशभर दशैंको मेलो लाग्दै गर्दा मल्ल इजलासबाट टुङ्गिएका केही मुद्दाको फैसला लेखनको चापमा थिइन्।

फैसला लेखनको चापका बीच उनलाई एउटा चिन्ताले सताइरहेको थियो। दशैं बिदामा कसरी समय मिलाएर ‘हाइकिङ’ जाने भन्नेमा उनी चिन्तित थिइन्।

च्याम्बरमा फैसलाको अन्तिम मस्यौदा भएका केही मुद्दाको लेखाइ इजलास अधिकृतले सुनाइरहेका थिए। त्यसमा केही सच्याउन उनी भनिरहेकी थिइन्।

आफ्नो च्याम्बरभरि छरिएर रहेका फैसलाका प्रति देखाउँदै उनले भनिन्, ‘यी सबै फैसलालाई अन्तिम रुप दिनु छ, समय कम छ, तनाव धेरै छ।’  

हामीलाई चिया पिउन अनुरोध गर्दै उनले त्यसबीचमा एउटा फैसलालाई अन्तिम रुप दिइन्।

तनाव र बाहिरी सम्पर्कभन्दा परको जागिर हो, न्यायाधीशको। सार्वजनिक जीवनमा धेरै घुलमिल भएर रमाउँदै आएकी मल्ल न्यायाधीश भएपछि यी कुराबाट वञ्चित जस्तै बनेकी छन्।

‘न्यायाधीश भनेको अर्कै मानिस झै व्यवहार हुने रैछ’, उनले भनिन्, ‘आफैं सामाजिक दूरी र रेखाहरु कोरिने रहेछन्।’
उनी ति रेखाहरुलाई छिचोल्दै बाहिर निस्कने प्रयत्न गरिरहेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

सामाजिक कार्यकर्ताको रुपमा चर्चित हुँदै संविधानसभा सदस्यसमेत भएर सार्वजनिक व्यक्तिको रुपमा रहँदा भन्दा अहिले फरक भूमिकामा रहेकी उनी सबै शिष्टाचार भन्दा पर हुने कोसिस गरिरहेको बताउँछिन्।

त्रिभुवन विश्वविद्यालयबाट कानुनमा बीएल गरेकी उनले भारतस्थित दिल्ली विश्वविद्यालयबाट ‘मास्टर इन कम्प्राटिभ ल’ मा एमसीएल गरिन्। अमेरिकाको हार्बर्ड विश्वविद्यालयबाट ‘पब्लिक एडमिनस्टरमा मास्टर्स’ गरेकी उनले आफूलाई २०४३ सालदेखि नै कानुनी क्षेत्रमा प्रवेश गराएकी थिइन्। २०६५ सालमा संविधानसभा सदस्य बनेकी मल्ल २०७३ साल साउनमा सर्वोच्च अदालतको स्थायी न्यायाधीश भइन्।

यससँगै उनको सार्वजनिक जीवन अब न्याय दिलाउने कानुन व्यवसायीबाट न्याय दिने न्यायाधीशको रुपमा परिर्वतन भयो।

न्यायाधीश भएसँगै उनको दैनिकी फेरिएको छ। तर, फेरिएको दैनिकीमा पनि उनलाई त्यहीे ‘नशा’ले छाडेको छैन।
आफूलाई ‘हाइकिङ’ को नाशा लागेको उनी बताउँछिन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सर्वोच्च अदालतको न्यायाधीश, श्रीमती, बुहारी र आमाको भूमिकाका बीचबाट ‘हाइकिङ’ को लागि समय व्यवस्थापन गर्न त्यति सहज भने छैन।

‘न्यायाधीशको रुपमा धेरै काम बसेर गर्नुपर्ने। शारीरिक कसरत नहुने। धेरै दिमागी काम गर्नुपर्ने भूमिकामा रहेकी छु। न्यायाधीश भएर इजलासमा बस्दा र चेम्बरमा बस्दासमेत धेरै कुराहरु विश्लेषण र अध्ययन गर्नुपर्ने हुन्छ, यसबाट थकान हुन्छ,’ उनले भनिन्।

न्यायाधीशको रुपमा कार्यसम्पादन गर्दा केही दायराहरु हुने उनी बताउँछिन्। 

कहाँ जान हुने, कहाँ जान नहुने, कसरी बस्ने, कोसँग खाने, कोसँग नखाने लगायतका दायराहरु प्रत्येक पाइलामा बाँध्ने सीमाहरु रहेको उनले सुनाइन्।

यी सीमाहरुले गर्दा ‘हाइकिङ’ जान समेत उनलाई सहज भने छैन।

‘यहाँ त न्यायाधीश प्रभावित भयो भन्ने हुने र अझ कसैसँग भेट्यो कि प्रश्न उठ्ने अवस्था छ’, उनले भनिन्, ‘बाहिर वा सार्वजनिक स्थानमा निस्कन पनि यस्तै कुराहरुले सीमा बाँध्ने रहेछ।’

विशेषगरि न्यायाधीश बनेपछि आफूले हाइकिङमा जोड गरेको उनी बताउँछिन्। जागिर, कामको बोझ, थकानबाट मुक्तिका लागि उनले प्रकृतिको सानिध्यता रोज्न थालिन्।

‘जब म सर्वोच्च अदालतमा न्यायाधीशको रुमपा प्रवेश गरेँ, त्यो मेरा लागि नयाँ र चुनौतीपूर्ण पेशा थियो। यहाँ आएपछि मेरो नयाँ शुरुवात भयो। म हाइकिङ जान थालेँ’, उनले भनिन्।

हरेक शनिबार आफू उपत्यका नजिकका क्षेत्रमा हाइकिङ जाने गरेको उनले सुनाइन्।

‘वर्षायाम बाहेक हरेक शनिबार म हिँडेर घुम्न थालेँ, अधिकांश गन्तव्य काठमाडौं वरिपरि नै छन्। उपत्यका बाहिर हुँदा घुम्छु। म विदेश हुँदा पनि यो बानीलाई निरन्तरता दिने गरेको छु’, उनले भनिन्, ‘यसबाट मलाई नेपाल र काठमाडौं बुझ्न मौका दिएको छ।’

काठमाडौं उपत्यका नजिकै पनि सौन्दर्यले भरिएको रहेछ भन्ने कुराको जानकारी जीवनको आधा दशक बिताएपछि पाएकोमा उनी दङ्ग छिन्।

‘काठमाडौं उपत्यकाको केही किलोमिटर पार गर्ने बित्तिकै पाइने यो सौन्दर्य देखेकै रहेनछु। महसुस गरेकै रहेनछु’, उनले भनिन्, ‘हामीले काठमाडौंभित्र हिलो र कंक्रिटमात्र अनुभव गरेका थियौं। तर, तपाईं आधा वा एक घण्टा गाडिमा जानुभयो भने पनि कति सौन्दर्यले भरिएका स्थानहरु भेटिन्छन्।’

काठमाडौं माथिका डाँडाहरु यति सुन्दर र मनमोहक उनले पाइन् कि घन्टौसम्म त्यही बस्न उनलाई मन लाग्छ। तर, भनेजति समय पाउने सम्भावना हुँदैन।

जति समय मिलाउन सकिन्छ, त्यसको भरपुर फाइदा उठाइरहेको उनी बताउँछिन्।

‘यसरी हिँड्दा मलाई एक हप्ताका लागि पुग्ने अक्सिजन शनिबार नै जम्मा गरेँ कि भन्ने लाग्छ’, उनले भनिन्, ‘म हाइकिङ गएको भोलिपल्ट जब कार्यालय पुग्छु, तब छुट्टै उर्जा बोकेर गएको महसुस गर्छु, प्रकृतिले मलाईं थप उर्जा दिएर पठाए झैं लाग्छ।’

घुम्ने कुनै समय तालिका भने उनको छैन, तर हिँड्न लोभ लाग्छ। अझ भनौं, कफी वा अन्य कुनै लत झैं उनलाई हिँड्ने ‘नशा’ लागेको छ।

‘महिलालाई आमा, श्रीमतीदेखि बुहारीसम्मको भुमिका निभाउनुपर्ने भएकाले समय तालिका सम्भव हुँदैन’, उनले भनिन्, ‘तर, कुनै पनि पेशाको कुरा गर्दा उसले कसरी व्यवस्थापन गर्ने भन्ने हो। हरेक मानिस आफैंमा म्यानेजर हो। उसले कसरी व्यवस्थापन गर्ने भन्ने कुरा चुनौती हो।’

हाइकिङमा जाँदा मुद्दाको पक्ष पनि भेट्न सकिने भन्दै त्यसबाट आफू प्रभावित नहुने उनी बताउँछिन्।

‘मुद्दाको पक्ष पनि भेटिन सक्छ। तर, आफू कुनै कुराबाट प्रभावित हुनु हुँदैन भन्ने मापदण्डभित्र राखेको छु’, उनले भनिन्।

‘आफूलाई स्वच्छ राख्न र प्रकृतिसँग जोडिने कुरामा कसैलाई भेटिएला भनेर म रोक्न सक्दिन,’ उनले भनिन्, ‘आफ्नो सीमा र मर्यादाभित्र रहेर कसैको गलत कार्यमा संलग्न नहुँदा प्रश्न र औंला उठ्दैन र आजसम्म उठेको छैन।’

दशैं विदापछि आफू खप्तड जान लागेको उनले बताइन्। ‘मुख्य कुरा जीवन र पेशागत जिन्दगी कसरी तपाईंले बिताउने भन्ने कुरा हो’, उनले भनिन्, ‘म त हेल्थ क्लब पहिला पनि नियमित जाने बानी परेको मानिस पनि भएकाले हाइकिङको लत छिटै लागेको जस्तो लाग्छ।’

कतिपयले न्यायाधीश भएपछि हेल्थ क्लब नजान सुझाव दिएको उनले बताइन्। न्यायाधीश हुँदैमा हेल्थ क्लव जान हुँदैन र? भन्दै निरन्तरता दिएको उनले बताइन्।

पदमा रहेपछि क्लब, हाइकिङ जानु हुँदैन भन्ने साँघुरो सोच भएको उनले बताइन्।

‘स्वास्थ्य नै भएन भने के गर्ने? न्यायाधीश केका लागि? पद र मैले कमाउने के का लागि?’ उनले भनिन्, ‘आफूलाई स्वच्छ राख्नुपर्छ, त्यसैले यस्ता सीमाहरुबाट बाहिर निस्कनुपर्छ।’

अरुका लागि मात्र समय निकाल्ने नभएर आफ्नो स्वास्थ्यका लागि पनि समय छुट्याउनु पर्ने उनको भनाइ छ।

‘हामीले हाम्रा लागि यसरी समय दिएर घुम्छौं, प्राकृतिक सौन्दर्यमा रमाउछौं, त्यसले अलग्गै उर्जा दिन्छ’, उनले भनिन्, ‘ मानिसपिच्छे आनन्द लिन शैली र तरिका फरक होला तर, सबैले स्वस्थ हुन समय चै निकाल्नै पर्छ। यो साझा बिन्दु हो।’

बिर्सन नक्सने शिवपुरीको त्यो हाइकिङ

काठमाडौं उपत्यका आसपासका धेरै डाँडाहरुमा ‘हाइकिङ’ गर्दै पुगेकी मल्लका कतिपय यात्रा अविश्मरणीय छन्। त्यसमध्येको एक शिवपुरी ‘हाइकिङ’ घटना उनी सम्झिरहन्छिन्।

सैनिक व्यारेक हुँदै सात घण्टाको हिँडाइ अविस्मरणीय भएको उनलाई लागेको छ। उनीसहितको सात जनाको टोलीले विनाकुनै योजना उक्त क्षेत्रमा हाइकिङ सुरु गरेको थियो।

शिवपुरीको डाँडा हेर्ने भनेर हिँडेको टोली भोकभोकै हाइकिङमा रमाउन पुगेको थियो। 

‘आर्मी व्यारेकमा खाना खाने योजना बनाएर हामीले यात्रा थालेका थियौं,’ उनले उक्त दिनको अनुभव सुनाइन्, ‘तर, हामी हिँड्दा हिँड्दा यति धेरै भोकाएछौं कि बाटोमा जे भेटेपनि खाउँ झै भयो।’

टेलिभिजन च्यानल नेशनल जोग्राफीमा आउने एक कार्यक्रममा वनजंगल यात्राका क्रममा भोकाएका व्यक्तिले घाँसपात र पानी खोजेर खाएको दृश्य उनको आँखा अगाडि आयो।

‘बाटोमा एक जनासँग हामीले एक प्याकेट चाउचाउ किनेर खायौं। त्यो हाम्रा लागि यति मिठो भयो कि अहिले पनि जिब्रोमै स्वाद छ झैं लाग्छ।’

थकान महसुस भएपछि साथीहरुले फर्कौं नभनेका होइनन्, तर मल्लले मानिनन्। साथीहरुलाई हौस्याउँदै यात्रालाई निरन्तरता दिएको उनी सुनाउँछिन्।

‘एक दिनमा हामीले गरेको यो यात्रा अविस्मरणीय बन्यो’, उनले भनिन्।

मल्ललाई मनपर्ने अर्को ‘रुट’ सुन्दरीजल हुँदै चिसापानी र तारेभिरको हो।

विष्णुमतिको मुहान क्षेत्रको सौन्दर्य र मोहकताले पनि उनलाई लोभ्याएको छ। एक पटक सुन्दरीजलको खोलैखोला मुहान खोज्दै हिँडेको अनुभव पनि छ, उनीसँग। गोदावरीदेखि फुलचोकी जाडो र हिँउ पर्ने समयमा जान उनलाई मनपर्छ।

उनको हाइकिङ टोलीमा धेरैजसो ६/७ जना हुने गरेका छन्। ‘म, मेरो श्रीमान, सेक्युरेटी र श्रीमानका साथीहरु। हामी सँगै यात्रा गर्छौं, यसले गर्दा सहज भएको छ’, उनले भनिन्, ‘यसरी हाइकिङपछि काममा फर्कदा मैले कार्यालयमा फरक उर्जा महसुस गर्ने गरेको छु।’

उनी उच्च रक्तचापकी बिरामी हुन् तर यसरी नियमित हिँडाइले उमेरसँगै हड्डी खिइने समस्या समाधान भएको उनको अनुभव छ । शारीरिक तौल र अन्य रोगहरुले पनि आक्रमण गर्न नसकेको महसुस उनलाई हुन थालेको छ।

उनी कतिपय दिन सर्वोच्च अदालत हिँडेरै पुगेकी छन्। 

‘पोहोरको लकडाउनमा म सर्वोच्च अदालत कति दिन हिँडेरै आएँ’, उनले भनिन्, ‘अहिले पनि हिँडेर जान मन लाग्छ तर सुरक्षाकर्मीदेखि धेरैसँगै हिँड्दा असहज हुन्छ।’

हरेक दिन विहान उनी हिँड्छिन्। शनिबार आएपछि उनलाई झन् ‘खसखस’ हुन्छ। ‘मानिसले चिया र कफी खान नपाएर छटपटि भए झैं मलाईं हिँड्न नपाउँदा हुन्छ’, उनले भनिन्, ‘मलाई एक प्रकारको लत नै लागेको छ। यो सकारात्मक र मेरै हितको लागि हो।’ मल्लले यो लतलाई उमेर र स्वास्थ्यले सक्दासम्म कायम गर्ने प्रण गरेकी छन्। उनी आफूजस्तै सबैलाई यस्तै बानी लगाउन सुझाव दिन्छिन्।

प्रकाशित मिति: बिहीबार, असोज २८, २०७८  १५:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्