काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसहित निर्वाचन आयोगका अधिकारीहरूसँग छलफल गर्ने भएकी छन् ।
आइतबार दिउँसो चार बजे बालुवाटारमा मन्त्रीसहित आयोगका पदाधिकारीहरूसँग प्रधानमन्त्रीले छलफल गर्न लागेको उनका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
निर्वाचन आयोगले यही माघको पहिलो साताबाट निर्वाचन आचारसंहिता कार्यान्वयनमा आउने बताएको छ । नेपाली कांग्रेसको आन्तरिक विवादपछि कांग्रेसको शेरबहादुर समूहले आइतबार नै सर्वोच्चमा रिट निवेदन दिएको छ भने निर्वाचन आयोगमा माघ ६ गतेको मनोनयन स्थगन गर्न माग गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।