काठमाडौं- नेकपा (एमाले)को पोखरा महानगर कमिटी अध्यक्षमा दिलीप न्यौपाने चयन भएका छन्।
अरु ४ उम्मेदवारले बिहीबार मनोनयन फिर्ता गरेपछि अनरोस्ववियु कास्कीको पूर्वअध्यक्षसमेत रहेका न्यौपाने सर्वसम्मत रुपमा अध्यक्ष चुनिएका हुन्।
मंगलबारदेखि सुरु भएको पोखरा महानगर कमिटीको अधिवेशनमा ५ जनाले मनोनयन दर्ता गराएकोमा बिहीबार मात्र न्यौपानेको पक्षमा सहमति जुटेको हो।
अध्यक्ष पदबाट लागि न्यौपानेसहित तेजनारायण अधिकारी, धनबहादुर नेपाली, हरिप्रसाद त्रिपाठी र दीपक पौडेल उम्मेदवार बनेका थिए। तर, स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारी समूह उनलाई अध्यक्ष बनाउन सहमत भएपछि अन्यलाई उम्मेदवारी फिर्ता गर्न लगाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।