• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, फागुन १२, २०८२ Tue, Feb 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीलाई घनश्याम भुसालको पत्र– १० बुँदे सहमति जे भनेर गरिएको थियो, त्यसैगरी लागू होस्

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  २१:०२
1140x725

काठमाडौं– नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले १० बुँदे सहमति जे भनेर गरिएको थियो, त्यसैगरी लागू गर्न माग गरेका छन्। 

बुधबारको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीसहित स्थायी कमिटीका सदस्यहरुलाई सम्बोधन गरेर पठाएको पत्रमा भुसालले १० बुँदै सहमति कार्यान्वयन नहुँदा एमालेको राजनीतिक–साँस्कृतिक आनुवंशिकी (डीएनए)मा नै आक्रमण हुने स्थिति आएको समेत बताएका छन्। 

कोरोना भाइरसको संक्रमण देखिएपछि होम आइसोलेसनमा रहेका भुसालले स्थायी कमिटी बैठकका लागि लेखेको पत्रमा भनेका छन्, '...हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको साँस्कृतिक आनुवंशिकी (डीएनए)मा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दरपीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ। तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने १० बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्।'

पार्टीमा देखा परेको असाधारण र असहज अवस्थालाई अन्त्य गर्न र पार्टी एकतालाई जोगाउन १० बुँदे प्रस्तावमा सहमति गरेको भएपनि त्यसको पालना नभएको भन्दै भुसालले असन्तुष्टि पोखेका छन्। 

'पार्टीमा देखा परेको एउटा असाधारण र असहज अवस्थालाई अन्त्य गर्न र पार्टी एकतालाई जोगाउन हामीले १० बुँदे प्रस्तावमा सहमति गरेका थियौं। त्यसलाई कार्यान्वयन गर्न केन्द्रीय कमिटीको बैठकले अन्तरपार्टी निर्देशनसमेत जारी गरेको छ। तर, कैयन् ठाउँमा अन्तरपार्टी निर्देशनको कार्यान्वयन भएन,' भुसालले पत्रमा भनेका छन्। 

भुसालले हालै सम्पन्न प्रथम विधान महाधिवेशनमा केही गम्भीर कमजोरी भएको पनि बताएका छन्। 

'नवौं महाधिवेशनले विधान महाधिवेशनको आयोजना जुन आवश्यकता र महत्वका साथ अपेक्षा गरेको थियो, त्यसमा कैयौँ कमजोरी रहन गए। मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराइमा छलफल हुनुपर्थ्यो, त्यो हुन सकेन। दोश्रो, महाधिवेशनको आयोजना जे जसरी भयो, त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो,' भुसालले पत्रमा भनेका छन्, 'प्रतिनिधिको निर्णय, दस्तावेजहरुको अन्तिम तयारी, टोलीहरु र टोली नेताहरुको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरु कुनै संस्थागत निर्णयविना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन्। आगामी दिनमा यी कमजोरीहरु हटाउनै पर्छ।'

भुसालको पत्र:

Ncell 2
Ncell 2

कमरेड अध्यक्ष,

केन्द्रीय कमिटी, नेकपा (एमाले)

विषय : स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा मेरो राय।

कमरेड,

सर्वप्रथमतः कोभिड–१९ को संक्रमणका कारणले आजको स्थायी कमिटी र भोली कात्तिक १२ गतेको केन्द्रीय कमिटी बैठकमा म उपस्थित हुन सम्भव भएको कुरा जानकारी गराउन चाहान्छु। दशौँ राष्ट्रिय महाधिवेशनको सम्मुखमा हुने यी बैठकहरुको महत्व स्वतः स्पष्ट छ। ती बैठकहरुमा सशरीर उपस्थित हुन नसके पनि यसै पत्रमार्फत् आफ्ना राय/धारणा राख्न चाहन्छु।

गत स्थायी कमिटी बैठकमा भएका केहि छलफल पश्चात कमरेड अध्यक्षले बैठकमा जुन धारणाहरु राख्नु भयो तीमध्ये केही विषयमा आफ्नो (फरक) मत मौखिकरुपमा राखेको थिएँ जसबारे यहाँ सङ्क्षिप्तमा उल्लेख गर्न चाहन्छु। त्यसबाहेक, विधान महाधिवेशनभन्दा पहिलेका स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठकमा केही महत्वपूर्ण सैद्धान्तिक विषयहरु उठेका थिए। ती विषयमा पनि यसै पत्रमार्फत आफ्नो राय लिखितरुपमा सङ्क्षिप्तमा राख्न चाहान्छु।

१. पार्टीमा देखा परेको एउटा असाधारण र असहज अवस्थालाई अन्त्य गर्न र पार्टी एकतालाई जोगाउन हामीले १० बुँदे प्रस्तावमा सहमति गरेका थियौँ। त्यसलाई कार्यान्वयन गर्न केन्द्रीय कमिटीको बैठकले अन्तरपार्टी निर्देशनसमेत जारी गरेको छ। तर कैयन् ठाउँमा अन्तरपार्टी निर्देशनको कार्यान्वयन भएन। त्यसबारे औपचारिक/अनौपचारिक छलफल चल्दै थियो। यसैबीच अध्यक्ष कमरेडले एउटा सार्वजनिक कार्यक्रममा ‘माधव आउँछ कि, पार्टी फुटाउँदैन कि भनेर १० बुँदे गरियाथ्यो’ भनेर बोल्नु भयो। जबकि वास्तविकता त्यस्तो होइन। ‘माधवजी एकतामा आउनु हुन्न, पार्टी केन्द्रीय कमिटीले दश बुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ, ‘जेठ २ गते’ लागू हुन्छ’ भनेर तपाईंले समेत पटक–पटक भन्नु भएको थियो। जुन कुरा प्रमाणसहित गत ४ र ५ गतेको स्थायी कमिटी बैठकमा मसमेतले प्रस्तुत गरेका थियौँ।

अन्तरपार्टी निर्देशनको कार्यान्वयमा जुन खालका समस्या देखिए/देखाइए त्यसबारे नेतृत्वले ध्यान दियो वा दिएन त्यो आफैमा छलफलको विषय थियो। तर महिनौँसम्मका छलफल, सार्वजनिक चर्चा, टिका–टिप्पणीसमेत भएर गरिएको सहमति र केन्द्रीय कमिटीले गरेको निर्णयसमेत लागू नहुने, बरु लागू नहुनु नै ठीक छ जस्तो गरी हामीले सार्वजनिकरुपले बोल्ने कुराले तत्कालका लागि कसैलाई नीजी वा समूहगत फाईदा हुन सक्ला तर त्यसले समग्र पार्टीको विश्वसनीयतामा प्रश्न उठ्दै जान्छ। अरु कैयन् घटनामा पनि हामीले विश्वसनीयता प्रष्ट गर्न सकेका छैनौँ।

पटक–पटक उठ्ने यस्ता प्रश्नले खुला, पारदर्शी, सहिष्णु, मूल्यआधारित आन्तरिक लोकतन्त्र र सङ्घबद्धताजस्ता सत्वले बनेको नेकपा एमालेको राजनीतिक–साँस्कृतिक आनुवंशिकीमा आक्रमण गर्छन्। कुनै खास घटनामा हामीले व्यक्तिगत वा सामुहिकरुपमा गल्ती गर्न सक्छौँ र आफ्नो आन्तरिक विधि तथा परम्पराका आधारमा त्यसको समाधान गर्न गर्छौ। तर हाम्रोजस्तो जिम्मेवार इतिहास भएको पार्टीको साँस्कृतिक आनुवंशिकीमा विकृति उत्पन्न भयो भने त्यसले पीँढी दरपीँढीसम्म आन्दोलनलाई प्रभाव पार्छ। तसर्थ, कमरेड अध्यक्षसँग मेरो अनुरोध के छ भने दश बुँदे जे भनेर गरिएको थियो त्यसैगरी लागू गरियोस्।

२. हामीले विधान महाधिवेशनमा प्रधिनिधिको सङ्ख्या, उनीहरुको खाना तथा नास्ता र हलको व्यवस्था राम्रो रहेको मूल्याङ्कन गरेका छौँ। खासगरी त्यति छोटो समय सीमाभित्र महाधिशनको आयोजना त्यस व्यवस्थापकीय दक्षताका साथ गरिनुको महत्व स्वतः स्थापित भएको छ। अर्कोतर्फ यसका केही गम्भीर कमजोरी पनि भएका छन्।

खासगरी, नवौँ महाधिवेशनले विधान महाधिवेशनको आयोजना जुन आवश्यकता र महत्वका साथ अपेक्षा गरेको थियो त्यसमा कैयौँ कमजोरी रहन गए। मुख्यतः पार्टीका नीति तथा सिद्धान्त र विधानमाथि पार्टीव्यापी र प्रतिनिधिहरुका बीचमा जुन गहिराईमा छलफल हुनुपर्थ्यो त्यो हुन सकेन। दोश्रो, महाधिवेशनको आयोजना जे जसरी भयो त्यस सम्पूर्ण प्रक्रियामा पार्टीको संस्थागत प्रक्रियाको घोर अवमूल्यन भयो। प्रतिनिधिको निर्णय, दस्तावेजहरुको अन्तिम तयारी, टोलीहरु र टोली नेताहरुको निर्णय, महाधिवेशन सञ्चालनको प्रक्रियालगायत क्रियाकलापहरु कुनै संस्थागत निर्णयविना हुनुले नेकपा एमालेको पारदर्शी र संस्थागत चरित्रत्रलाई प्रतिनिधित्व गर्दैनन्। आगामी दिनमा यी कमजोरीहरु हटाउनै पर्छ।

३. विधान महाधिवेशनभन्दा पहिलेका स्थायी कमिटी र केन्द्रीय कमिटीका छलफलले केहि महत्वपूर्ण योगदान गरेका छन्। खासगरी, ती छलफलमा नवौँ महाधिवेशनले पार्टीको कार्यदिशाबारे गरेको ऐतिहासिक निर्णयमा अझ बढी सहमति बन्यो। त्यसलाई मैले एउटा उपलब्धी ठानेको छु। ती छलफलका दौरानमा दलाल पुँजीवादको वर्चस्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गर्ने पार्टीको आजको कार्यदिशालाई अझ स्पष्ट पार्ने काम भयो। तर केहि अति महत्वपूर्ण विषयमा अपूर्णताहरु बाँकि नै रहे।

नवौँ महाधिवेशनले लिएको त्यो कार्यदिशा कार्यान्वयन गर्न पार्टीसँग आजको ठोस कार्यक्रम र त्यस कार्यक्रमलार्ई कार्यान्वयन गर्न सक्ने सङ्ठनात्मक सिद्धान्त र विधान हुन अनिवार्य हुन्छ भन्ने धारणा मलगायत अन्य केहि कमरेडहरुले विधान महाधिवेशनभन्दा पहिलेका ती बैठकमा उठाएका थियौँ। कमरेड अध्यक्षले समय कम भएको कुरा औँल्याउँदै ती विषयमा दशौँ राष्ट्रिय महाधिवेशनका दौरानमा पनि छलफल गर्न सकिने र पार्टी विभाजन भएको विशिष्ट परिस्थितिमा आयोजना भएको हुँदा एकताबद्ध भएर विधान महाधिवेशनमा प्रस्तुत होऔँ भन्ने आह्वान गर्नुभएको थियो। त्यसैअनुसार विधान महाधिवेशन सम्पन्न भएको छ।

हाम्रोजस्तो इतिहास भएको पार्टीसँग आफ्नो ठोस कार्यक्रम नहुनु भनेको अकल्पनीय कुरा हो। पार्टीको स्पष्ट कार्यक्रमले पार्टीको सम्पूर्ण पङ्तिलार्ई दलाल पुँजीवादको वर्चस्वलाई अन्त्य गर्दै र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादका आधार तयार गर्ने दिशामा निर्देशित गर्छ। नवौँ महाधिवेशनले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा पनि पार्टीको भावि कार्यक्रमको एउटा नाराका रुपमा अगाडि ल्याएको थियो। पार्टीको ठोस कार्यक्रम नहुँदा हाम्रो उक्त नारा पनि अपरिभाषित नै रहेको छ। त्यस्तै, ठोस कार्यक्रम नभएको पार्टीसँग संगठनात्मक सिद्धान्त पनि छ भन्नका लागि मात्रै हुन्छ।

त्यस्तो सङ्गठनात्मक सिद्धान्तले कहिल्यै काम गर्दैन। विधान महाधिवेशनमा हामीले पारित गरेको सङ्गठनात्मक सिद्धान्त र विधान पनि केवल तदर्थ मात्रै हुन्। यस हिसाबले हाम्रो पार्टी नवौँ महाधिवेशनपछि तदर्थमा चलेको छ भन्न सकिन्छ। यस अवस्थालाई लामो समय रहन दिनु हुँदैन। त्यसैले जे जति समय छ यसबीचमा कार्यक्रम र आवश्यक संगठनात्मक सिद्धान्तको निर्माणमा लाग्नु आवश्यक छ। यदि यस महाधिवेशनमा नै यो काम गर्न सकिएन भने निर्वाचन लगत्तै विशेष महाधिवेशन गरेर भए पनि कार्यक्रम र त्यससँग सम्बन्धित अन्य विषयमा रहेका समस्या समाधान गर्नु अति आवश्यक छ।

अभिवादन सहित,
घनश्याम भूसाल
उपमहासचिव
२०७८ कात्तिक ११

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी
सम्बन्धित सामग्री
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश उनलाई रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारू, नेताहरू हरि रेग्मी, जशु भट्ट र उम्मेदवार चन्दले पार्टीमा स्वागत गरेका हुन् मंगलबार, फागुन १२, २०८२
सर्वोच्च अदालतद्वारा धर्मेन्द्र बास्तोलालाई छाड्न अस्वीकार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको थियो । सोमबार, फागुन ११, २०८२
बालेनको वाचापत्र: यी हुन् मुख्य ९ प्रतिबद्धता खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण, सुशासन र कला एवं संस्कृतिमा आफूले गर्ने काम बुँदागत रूपमा उल्लेख गरेका छन् । सोमबार, फागुन ११, २०८२
ताजा समाचारसबै
सिंहदरवारमा मन्त्रिपरिषद् बैठक जारी मंगलबार, फागुन १२, २०८२
नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता मंगलबार, फागुन १२, २०८२
उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठक जारी मंगलबार, फागुन १२, २०८२
मन्त्रिपरिषद् बैठक बस्दै मंगलबार, फागुन १२, २०८२
नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट कैलाली- ५ का उम्मेदवार जगन्नाथ चाैधरी रास्वपा प्रवेश मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
नेपाली कांग्रेसका ३३ जनाको सामूहिक राजीनामा, निर्वाचनअघि पार्टीलाई धक्का सोमबार, फागुन ११, २०८२
इरानबाट बाहिरिन भारतको आग्रह सोमबार, फागुन ११, २०८२
धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो सोमबार, फागुन ११, २०८२
भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो मंगलबार, फागुन १२, २०८२
निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा आइतबार, फागुन १०, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्