काठमाडौं– नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ। बुटवलमा हुने भनिएको महाधिवेशन चितवनमा सार्ने निर्णय यसअघि नै भएको थियो।
बिहीबार बसेको स्थायी कमिटी बैठकमा महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रहेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशनको प्रारम्भिक तयारीको बारेमा जानकारी दिए।
बैठकमा पाण्डेले महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनारमा हुने गरी तयारी अगाडि बढाइएको जानकारी गराइएका थिए। महाधिवेशनको बन्द सत्र भने सौरहामा हुनेछ। एमालेको १० औं राष्ट्रिय महाधिवशेन मंसिर १० देखि १२ सम्म हुनेछ।
बिहीबारको स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनमा १५३६ जना प्रतिनिधि चयन गर्ने प्रस्ताव गरेको छ। स्थायी कमिटीको प्रस्ताव शुक्रबार बस्ने केन्द्रीय कमिटीमा पेस गरिने छ।
स्थायी कमिटीले तीन किसिमले प्रतिनिधित्व गर्ने तय गर्ने निर्णय गरेको छ। पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीका अनुसार केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरु पदेन प्रतिनिधि २६२ जना हुनेछन्।
त्यस्तै, भूगोलबाट ११९६ जना प्रतिनिधित्व चयन गरिने उनले बताए। हरेक प्रतिनिधि सभाको निर्वाचन क्षेत्रमा १५ सय सदस्य बराबर एक जना महिला र दुई जना खुला गरेर तीन जना प्रतिनिधित्व हुनेछन्। एक हजार सदस्य बढ्दा एकएक जना बढ्नेछन्। तीन जना थपियो भने एक जना महिला अनिवार्य हुनेछ।
त्यस्तै, पाँच प्रतिशतले हुने संख्या प्रतिनिधिका रुपमा थपिनेछ।
‘करिबकरिब ५१ प्रतिशत प्रतिनिधि संख्या समावेशी हुनेछ। त्यसमा ३३ प्रतिशत महिलाहरुको अतिरिक्त आदिबासी जनजाति थारु मधेसी, मुस्लिम पिछडिएको क्षेत्र दलित सहितको क्लस्टरहरु छुट्याएका छौं’, ज्ञवालीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।