काठमाडौं- सरकारले तीन देशका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए।
भारतका लागि राजदूत सिफारिस गरिएका शर्मा अमेरिकाका लागि पूर्वराजदूत हुन्।
यसअघि सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका ती देशका राजदूत फिर्ता बोलाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।