काठमाडौं– कोरोना महामारीको प्रकोप कम भएसँगै विस्तारै नेपाली सिनेमा क्षेत्रले गति लिँदैछ। प्रदर्शनको मिति कुरेका फिल्महरुको घोषणा हुनेदेखि नयाँ फिल्महरु छायांकनका लागि जान सुरु गरेका छन्। यसबीच राजेश हमालले कमब्याक गर्ने भनिएको फिल्म ‘सत्यम’को वर्कसप सुरु भएको छ।
शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिलमको कार्यशाला कास्कीको धम्पुसबाट बिहीबार सुरु भएको हो। कार्यशालामा हमालसँगै पल शाह, मलिका महतलगायतका फिल्मका कलाकारले भाग लिएका छन्।
फिल्मको कार्यशाला सुरु भएसँगै अभिनेता पल शाहले कार्यशालाको फोटो सामाजिक सञ्जालमा राख्दै यसको जानकारी दिएका छन्। पोखरा आसपासको क्षेत्रमा छायांकन हुने फिल्मका लागि पोखरामै सेट निर्माण गरिएको छ। उक्त सेटमा फिल्मको मुख्य भनिएको हेलिकप्टर दुर्घटनाको दृश्यसँगै अन्य दृश्यहरु छायांकन हुने निर्माण पक्षले जनाएको छ।
सत्यममा हमाल, महत र शाहसँगै अनुपविक्रम शाही, अभय बराल लगायतको भूमिका रहेको छ। फिल्ममा रेशम सापकोटाको लेखन तथा निर्माण रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।