काठमाडौं– नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको। बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी छ।
पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे समेत छलफल हुने नेताहरूले बताएका छन्।
बैठकमा मुख्यगरी वडा तथा पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।