काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्। पाण्डेले बिहीबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष शपथ लिएका हुन्।
पाण्डे गठबन्धनमा रहेका दलका सांसदको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन्।
पाण्डेसँगै गठबन्धनबाट ३ जनाले मन्त्रीको शपथ लिएका छन्। नेपाली कांग्रेसबाट कृष्णलाल भँडेल, नेकपा माओवादी केन्द्रबाट कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीबाट कृष्ण खनालले मन्त्रीको शपथ लिएका हुन्।
नवनियुक्त मन्त्रीहरुले पनि प्रदेश प्रमुख शर्मासमक्ष शपथ लिएका हुन्।
मोक्तानलाई सामाजिक विकास, शर्मालाई आन्तरिक मामिला तथा कानुन र भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।