फाइल तस्बिर
काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नै न्यायालयको सारा थोक बिगारेको बताएका छन्। बिहीबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले ओलीले न्यायपालिकामाथि अनावश्यक रुपमा लाञ्छना लगाउने काम गर्दै आएको बताए।
'न्यायपालिकालाई स्वतन्त्र ढंगले भूमिका निर्वाह गर्न दिनुपर्नेमा उहाँले आफ्नो रिस साँध्नका लागि सबैलाई निकाल्नुपर्छ भन्दै जुन ढंगले भूमिका खेलिरहनुभएको छ। अत्यन्तै अनुचित, हस्तक्षेपकारी र देशको सबै प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज हो,' अध्यक्ष नेपालले भने, 'स्वतन्त्र न्यायपालिकाको मामिलामा हस्तक्षप गर्ने होइन। ऐतिहासिक फैसला गर्ने न्यायाधीशहरुलाई हटाउनुपर्छ भन्ने कुरा उठाउनुभएको छ। त्यो अत्यन्तै नाजायज, अनुचित कुरा हो।'
उनले महाअभियोगको बारेमा आफ्नो पार्टीमा छलफलै नगरेको बताए। त्यसका प्रवेश गरेका छैनौं। छलफलै भएको छैन। कुरै भएको छैन,' उनले भने, 'म त बाहिरको बाहिर नै छु। हाम्रो पार्टीको बैठकै बस्न सकेको छैन। खबर पनि मैले पाइरहेको छैन। हिजो राति फर्किएँ। थाकेपछि सुतेँ। हिजो दिनभरि के भयो, त्यो पनि थाहा छैन। अस्तिको पनि थाहा छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।