काठमाडौं– कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्।
खनाल गत चैत ६ गते मुख्य न्यायधिवक्ताको रुपमा नियुक्त भएका थिए। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम उनलाई मुख्य न्यायाधिवक्तामा सिफारिस गरेका थिए।
संविधानको धारा १६० को उपधारा ४ (क) बमोजिम कात्तिक १ गतेदेखि लागू हुनेगरी प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले उनको राजीनामा स्वीकृत गरेका हुन्।
यसअघिका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले राजीनामा दिएपछि खनाललाई नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।