काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि ओपन सेसनमा नेप्से सामान्य अंकले घटेको छ।नेप्से बुधबार १८.०६ अंक बढेर २७६९.१३ विन्दुमा बन्द भएको थियो।
अघिल्लो दिनको तुलनामा यस दिन सो सेसनमा ०.२५ अंक घटेर परिसूचक २७६८.८८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.६५ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा २१ कम्पनीको १० हजार ५०६ कित्ता सेयर खरिदबिक्री भएको छ।
कारोबार आएकामध्ये १० कम्पनीको सेयरमूल्य बढेको छ भने ८ कम्पनीको सेयरमूल्य घटेको छ। सो सेसनमा ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
सो सेसनमा २१ लाख ७६ हजार १९१ रुपैयाँ ७० पैसा बराबरको सेयर किनबेच भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।