काठमाडौं– नाडेप लघुवित्त वित्तीय संस्थाले गत आव २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले २१. ०५३ प्रतिशत लाभांश घोषणा गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र १.०५३ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।
हाल ४० करोड ४८ लाख रहेको कम्पनीको कम्पनीको चुक्ता पुँजी प्रस्तावित बोनस वितरणपछि ४८ करोड ५७ लाख ६० हजार पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।