काठमाडौं– गणपति लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश रहेको छ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्तामा बितरण हुनेछ।
हाल १२ करोड ७३ लाख ५६ हजार रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी प्रस्तावित बोनस सेयर वितरणपछि १५ करोड १५ लाख ५३ हजार पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।