फाइल तस्बिर
काठमाडौं– नेकपा एमालेले पार्टीको स्थायी कमिटीको बैठक बस्दै छ। पार्टीको आन्तरिक गतिविधि तथा हालै सम्पन्न वडा तथा पालिका अधिवेशनबारे छलफल गर्नका लागि स्थायी कमिटीको बैठक बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
बिहीबार दिउँसो ४ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकमा राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिकाबारे समेत छलफल हुने सचिव तामाङले बताए।
बैठकमा मुख्यगरी वडा तथा पालिका अधिवेशनको समीक्षा तथा राष्ट्रिय महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने अजेन्डा तय भएको तामाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।