Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

जनमोर्चाले भन्यो– प्रधानन्यायाधीश जबरामाथि छानबिन गरौं, दोषी देखिए महाअभियोग लगाऔं

64x64
नेपाल लाइभ बुधबार, कात्तिक १०, २०७८  २१:१३
1140x725
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी, फाइल तस्वीर

काठमाडौं– सत्तारुढ गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि छानबिन गर्न माग गरेको छ। छानबिनबाट दोषी देखिए जबरामाथि महाअभियोग लगाउनुपर्ने जनमोर्चाको भनाइ छ। 

राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकपछि जारी विज्ञप्तिमा जबराको विषयमा उठेको प्रश्नहरुमाथि छानविन गर्न अविलम्व समिति बनाउन माग गरिएको छ। 

जबराले प्रतिनिधि सभा विघटन बदर गर्ने फैसला गरेको कुरा सकारात्मक भए पनि उनले गरेका कार्यहरु त्यसको जोडिन नसक्ने जनमोर्चाको भनाइ। जबराले अहिले नै राजीनामा दिनेभन्दा पनि छानबिन समिति बनाउने अनि दोषी देखिए महाअभियोग लगाउनुपर्ने जनमोर्चाको भनाइ छ। 

जनमोर्चाले प्रधानन्यायाधीश जबराको कार्यशैलीबारे आफूहरुको सुरुदेखि नै मतभेद वा विरोध रहँदै आएको पनि जनाएको छ। 

न्यायाधीशहरूको नियुक्तिको बेलामा भएको सुनवाइमा अध्यक्ष चित्रबहादुर केसीले उनलाई न्यायाधीशमा नियुक्त गर्ने सिफारिशका विरुद्ध अन्तसम्म अडान लिएको कुरा जनमोर्चाको विज्ञप्तिमा उल्लेख छ। जनमोर्चाले जबराले गरेका कतिपय फैसलाहरूबारे पनि विरोध रहेको उल्लेख गरेको छ। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २ पटक संसदको विघटन गर्दा उनले संसदको पुन:स्थापना  गरेर लोकतन्त्र र संविधानको रक्षाका लागि सकारात्मक र महत्वपूर्ण योगदान दिएको, तर अहिले अलग विषय रहेको दाबी जनमोर्चाको विज्ञप्तिमा गरिएको छ।

प्रधानन्यायाधीश र न्यायपालिका समेतबारे अहिले जुन विवाद उत्पन्न भएको छ, त्यसबारे छलफल गर्नको लागि आज राष्ट्रिय जनमोर्चाको केन्द्रीय सचिवालयको बैठक बसेको थियो। त्यो बैठक उक्त विषयसित सम्बन्धित विभिन्न पक्षहरूबारे विस्तृत रुपले छलफल गरी तल लेखिए अनुसारको निष्कर्षमा पुगेको छ।
 
१. प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कार्यशैलीबारे हाम्रो सुरुदेखि नै मतभेद वा विरोध रहँदै आएको थियो। त्यस सन्दर्भमा न्यायाधीशहरूको नियुक्तिको बेलामा भएको सुनवाइमा हाम्रो पार्टीका अध्यक्ष का. चित्रबहादुर के.सी.ले उनलाई न्यायाधीशमा नियुक्त गर्ने सिफारिशका विरुद्ध अन्तसम्म अडान लिएको कुरा उल्लेखनीय छ। पछि उनले गरेका कतिपय फैसलाहरूबारे पनि हाम्रो विरोध रहेको थियो। त्यसका साथै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा २ पटक संसदको विघटन गर्दा उनले संसदको पुन:स्थापना गरेर लोकतन्त्र र संविधानको रक्षाका लागि जुन सकारात्मक र महत्वपूर्ण योगदान दिए, त्यसप्रति पनि हाम्रो ध्यान छ।

२. यो कुरा प्रष्ट छ कि उनको विरोधमा देखा परेको जनमत एकातिर उनले २/२ पल्ट संसदको पुन:स्थापना गरेर तथा ओली सरकारलाई अपदस्त गरेको कारणले प्रतिगामी र अधिनायकवादी कोणबाट उत्पन्न भएको रोष र अर्कातिर, उनको गलत प्रकारको कार्यशैलीका कारणले उत्पन्न न्यायसङ्गत असन्तोष– यी दुई बेग्ला–बेग्लै पक्षहरूका परिणामहरू हुन्। त्यसकारण हामीले अहिले उनका विरुद्ध देखापरेका विरोधको स्वरमाथि ती दुई पक्षहरूलाई एकै ठाउँमा राखेर होइन, ती दुबैका बिचमा अन्तर गरेर विचार गर्नुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

३. लोकतन्त्र र संविधानको रक्षाका लागि उनले खेलेको भूमिकालाई हामीले उच्च आदर र सम्मान गर्नुपर्दछ। ओलीले प्रधानन्यायाधीशको विरोध गर्दा उनको त्यही सकारात्मक पक्षमाथि नै मुख्य हमला गरिरहेका छन्। उनले यो कुरामा जोड दिइरहेका छन् कि प्रधानन्यायाधीश मात्र होइन, संसदको विघटनका विरुद्ध परमादेश दिने पूरै संवैधानिक इजलास नै दोषी छ र उनीहरूका विरुद्ध कारबाही हुनुपर्दछ। त्यसरी उनले संवैधानिक इजलासको विरोध गरेर वास्तवमा आफ्नो प्रतिगामी र अधिनायकवादी कारबाहीलाई सही सावित गर्न तथा वर्तमान सरकारलाई पनि गलत वा असंवैधानिक प्रमाणित गर्न चाहान्छन्। उनले त्यो कोणबाट प्रधानन्यायधीश वा संवैधानिक इजलासमाथि गरेको हमलालाई हामीले सम्पूर्ण रुपले असंवैधानिक र गलत ठान्दछौं।

४. प्रधानन्यायाधीशको संसद विघटनका विरुद्ध दिएको फैसला सही भए पनि उनको सम्पूर्ण कार्यशैली नै सही छ भन्ने हाम्रो मत छैन। उनका कुनै पनि गलत कार्यशैलीका विरुद्ध आवश्यकताअनुसार छानबिन गर्नुपर्ने कुरालाई हामीले अस्वीकार गर्दैनौं। त्यस प्रकारको छानबिनद्वारा प्रधानन्यायाधीश दोषी प्रमाणित भएमा उनीमाथि महाभियोग लगाउने सोचाइलाई पनि हामीले गलत मान्ने छैनौं। तर त्यस प्रकारको कुनै दोष प्रमाणित नभइकन अहिले नै राजीनामा दिनका लागि उनीमाथि दबाब दिने वा महाभियोग लगाउने जस्ता कुराहरूबारे हाम्रो पार्टीले कुनै विचार नगरेको कुरा हामीले जानकारी गराउन चाहन्छौं।

५. प्रधानन्यायाधीश वा संवैधानिक इजलासको संसदको पुन:स्थापना सम्बन्धी निर्णयलाई हामीले दृढतापूर्वक समर्थन गरेपनि उनको कार्यशैलीमा देखा पर्ने अन्य कुनै गलत कारबाही वा निर्णयहरूलाई हामीले आवश्यकताअनुसार विरोध गर्दै जानेछौं र त्यसबारे अन्य पक्षहरूबाट उठ्ने आवाज वा आन्दोलनलाई पनि हामीले समर्थन गर्नेछौं। त्यसरी प्रधानन्यायाधीश र न्यायपालिका मात्र होइन, कुनै पनि विषयमा सही र गलतका विचमा अन्तर गरेर आफ्नो नीति निर्धारण गर्ने हाम्रो सधैको अभ्यास रहँदै आएको छ र अहिले प्रधानन्यायाधीश वा न्यायपालिकाको सन्दर्भमा पनि हामीले त्यही प्रकारको नीति अपनाएका छौं।

६. यो वास्तविकतालाई हामीले स्वीकार गर्दछौं कि अहिलेको न्यायपालिकाको भूमिका स्वतन्त्र र निष्पक्ष प्रकारको रहेको छैन। न्यायपालिका विभिन्न प्रकारका राजनीतिक भागबण्डा वा प्रभावहरूमा पनि मुछिने गरेका कैयौं समाचारहरू आउने गरेका छन्। न्यायपालिकाको त्यस प्रकारको कार्यप्रणालीमा गम्भीर छानबिन र सुधारको आवश्यकतामा हामीले विशेष जोड दिन्छौं। हाम्रो यो पनि मत छ कि न्यायपालिकाको कार्यप्रणालीमा त्यस प्रकारको सुधारका लागि मुख्य भूमिका स्वयम् प्रधानन्यायाधीशले नै खेल्नु पर्दछ र त्यस प्रकारको भूमिका खेल्नको लागि हामीले प्रधानन्यायाधीशसित माग गर्दछौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७. अहिले मुद्दाका पेसीहरूको लागि प्रधानन्यायाधीशले न्यायाधीशहरू मनोनित गर्ने जुन पद्धति रहेको छ, त्यसको पहिलेदेखि नै धेरैतिरबाट विरोध हुँदै आएको छ। हाम्रो पार्टीले पनि त्यस प्रकारको पद्धतिलाई बदलेर स्वचालित वा गोलप्रथा पद्धति अपनाउनुपर्ने आवश्यकतामा पहिले पनि जोड दिएको थियो र अहिले पनि दिन्छ।

८. आज न्यायपालिकामा जुन प्रकारका असंगति र कमजोरीहरू रहने गरेका छन्, त्यसको लागि कुनै एउटा व्यक्ति मात्र दोषी नभएर त्यसको (न्यायपालिकाको) सम्पूर्ण कार्यप्रणाली नै जिम्मेवार छ। त्यसकारण त्यसमा आवश्यक छानबिन वा सुधारका लागि सबै राजनीतिक पार्टी, न्यायप्रेमी जनता तथा नयाँ क्षेत्रमा क्रियाशील सबै न्यायाधीश, अधिवक्ता आदि समेत गम्भीर हुनुपर्ने आवश्यकतामा हामीले विशेष जोड दिन्छौं।

मिति २०७८ कार्तिक १०

चित्रबहादुर के.सी.

 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
बैंकिङ कसुरमा ६४ लाख बिगोका फरार प्रतिवादी पक्राउ शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्