काठमाडौं- भोलि, बिहीबार प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो २ बजे बस्नेछ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची छ।
यसअघि कात्तिक ९ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश बस्न नसक्ने भन्दै संसद् सचिवालयले ११ गतेलाई सारेको थियो।
प्रतिनिधि सभाको अघिल्लो बैठक असोज २२ गते बसेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।