काठमाडौं– नेकपा (एकीकृत समाजवादी) पार्टीले पार्टीका ३३५ जना केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो लगाएको छ। पार्टीको २०७८ असोज ५–७ मा बसेको केन्द्रीय कमिटीको प्रथम बैठक र २०७८ असोज २१ गते स्थायी कमिटीको सातौं बैठकले गरेका निर्णयहरुलाई मिति २०७८ कात्तिक ९ गते अन्तर पार्टी निर्देशनमार्फत देशभरका सम्पूर्ण पार्टी कमिटी एवं संगठनहरुलाई प्रेषित गरिएको जानकारी गराइएको छ।
प्रेषित जानकारी अनुसार झलनाथ खनाललाई विदेश विभाग प्रमुख, मुकुन्द न्यौपानेलाई उद्योग वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट, प्रदीप नेपाललाई पार्टी सम्बद्ध प्रतिष्ठानहरुको इञ्चार्ज, राजेन्द्र प्रसाद पाण्डे राजकीय मामिला विभाग प्रमुख र बागमती प्रदेश संसदीय दलको नेता, प्रमेश हमाललाई पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।
त्यस्तै, घनेन्द्र बस्नेतलाई प्रदेश १ इञ्चार्ज, केदार न्यौपानेलाई बागमती प्रदेश इञ्चार्ज, केशवलाल श्रेष्ठलाई गण्डकी प्रदेश इञ्चार्ज, धर्मननाथ प्रसाद साहलाई प्रदेश २ इञ्चार्ज, जयन्ती राईलाई महिला फाँट इञ्चार्ज, बेदुराम भुसाललाई संगठन विभाजन प्रमुख तथा राष्ट्रिय सभा दलको नेता, प्रकाश ज्वालालाई संगठन विभाग उपप्रमुख तथा कर्णाली प्रदेश इञ्चार्ज, गंगालाल तुलाधरलाई केन्द्रीय कार्यालय तथा विपद् व्यवस्थापन, शिक्षा विभाग तथा कानुन विभाग प्रमुख र कानुन फाँट इञ्चार्ज तोकिएको छ।
यस्तै, विजयकुमार पौडेललाई मोर्चा इञ्चार्ज तथा अर्थ योजना विभाग प्रमुख, जगन्नाथ खतिवडालाई प्रचार तथा प्रसार विभाग प्रमुख तथा सञ्चार फाँट इञ्चार्ज, नागेन्द्र चौधरीलाई स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख तथा फाँट इञ्चार्ज, भागवत विश्वासीलाई लुम्बिनी प्रदेश इञ्चार्ज, गरिमा शाहलाई सुदूरपश्चिम प्रदेश इञ्चार्ज, राजेन्द्र राईलाई प्रदेश १ सहइञ्चार्ज तथा प्रदेश १ संसदीय दलको नेताको जिम्मेवारी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।