काठमाडौं– शेयर बजारमा लागातार चौथो दिन पनि उकालो लागेको छ। साप्ताहिक कारोबारको चोथौ समेत रहेको बुधबार शेयर बजार परिसूचक (नेप्से) १८.०६ अंकले उकालो लागेर २७६९.१३ को विन्दुमा पुगेको छ।
बुधबार बजार ०.६६ प्रतिशतले बढ्दा कारोबार रकममा समेत सुधार देखिएको छ। अघिल्लो सातासम्म २ देखि ३ अर्बमा सीमित हुँदै आएको दैनिक शेयर करोबार बुधबार भने साढे ६ अर्बभन्दा माथि रह्यो।
बुधबार बजारमा ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँ बराबरको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर किनबेच भयो।
बुधबार जीवन बिमा समूहको उपसूचक सबैभन्दा बढी बढेको छ। बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट समूहको उपसूचक समेत उकालो लाग्यो। होटेल तथा पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको उपसूचक भने ओरोला लाग्यो।
बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए। बेस्ट फाइनान्स को बेयर ८.६८ प्रतिशतले बढेर ५८० रुपैयाँ पुग्यो। बुधबार एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लगायतका लगानीकर्ताले पनि बढी कमाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।